झापा।राष्ट्रिय प्रजातान्त्रीक उत्पिडित उत्थान संगठन हल्दिबारी गाउँ अधिवेशन नन्दराम गजमेरको अध्यक्षतामा २१ सदस्य समिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ।
नर बहादुर कार्कीडोलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद माननीय गोपाल गजमेर रहेका थिए। यसैगरी कार्यक्रममा
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन , उत्पीडित उत्थान संगठन झापा जिल्ला अध्यक्ष रमेश लोहनी ,हल्दिबारी वडा नं १ का वडा अध्यक्ष देवीवहादुर थापा, कार्यपालिका सदस्यहरू सुष्मा महरा, रूपा रसाइली, वडा नं ४ कि वडा सदस्य शान्ता गहतराज
राप्रपा हल्दीबारी गाउँ समिति अध्यक्ष एक राज राना मगर लगायतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गजमेरले जातका आधारमा कोही पनि कुनै कुराबाट पिडित हुन नहुने भन्दै बुलन्द आवाज उठाउन आग्रह गरेका थिए। यसैगरी विशेष अतिथि लिङदेनले सबै जात धर्म संस्कृति मिलेर सुन्दर सामाजिक संरचना बनेको भन्दै यसलाई जातको नामबाट धमिल्याउन नहुने बताएका थिए।
शान्ता गहतराजले स्वागत गरेको कार्यक्रममा १ नं वडा अध्यक्ष देवी थापा , वडा सदस्य प्रकास कार्कीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन मिलन विश्वकर्माले गरेका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने धेरैजनाले राप्रपा पार्टी प्रवेश पनि गरेका थिए ।