कृषिबालीमा रोग किरा नियन्त्रण सम्बन्धी तालिम हल्दिबारी वडा नं ४ मा सम्पन्न

झापा।हल्दीबारी गाउँपालिका वडा नं ४ का कृषकहरूलाई कृषकहरूलाई कृषि बाली उत्पादन तथा रोग किरा नियन्त्रण सम्बन्धी २ दिवसिय तालिम वडा नं ४ मा सम्पन्न भएको छ।


हल्दीबारी गाउँपालिकाको कृषि विकास शाखाको आयोजना रहेको तालिममा
प्रतिनिधिमुलक तरिकाले सहभागी भएका कृषकहरूलाई विभिन्न खेतीबालीमा लाग्ने रोग तथा त्यसको नियन्त्रणका लागि गर्न सकिने विभिन्न औषधी तथा प्रविधिका बारेमा कृषी शाखा प्रमुख छविलाल गुरूङग र कृषी अधिकृत विपना सिलवालले प्रशिक्षण दिएकी थिइन्।
तोरी, टमाटर, आलु, गहुँ, काउली लगायत का बालीमा किटनासक औषधी प्रयोग कहिले, कति मात्रामा लगाउने, अन्य घरायसी उपायहरू के के अपनाउन सकिन्छ लगायतका विषयमा अन्तर्क्रिया गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष सन्तकुमार थापा, वडा सदस्यहरू भगिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज र वडा सचिव जयप्रसाद पोखरेल को पनि उपस्थिति रहेको थियो।
हल्दीबारीका सबै वडामा तालिम संचालन हुनेछ।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search