चिनको तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्पपछि २११ वटा पराकम्पनहरू

दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह ३ः०० बजेसम्म कूल एक हजार २११ वटा पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ।

Advertisement

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन्।

भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ।

क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search