भद्रपुर वडा न. ७ मा आँखा तथा कान शिविर सम्पन्न

झापा।भद्रपुर ७ स्थित सरस्वती आधारभूत विध्यालयमा आज एकदिने आँखा तथा कान शिविर सम्पन्न भएको छ ।भद्रपुर नगरपालिका वडा न. ७ र खस क्षेत्री एकता समाजको आयोजनामा शिविर सम्पन्न भएको हो

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता र ७ नं. वडा का वडा अध्यक्ष अभिषेक ढुंगानाको विशेष आतिथ्यतामा भएको शिविरको अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष फुलसिंह राजवंशीले गरेका थिए।

उक्त शिविरमा २ सय १ जनाले सेवा लिएको वडा अध्यक्ष ढुंगानाले वताए। कार्यक्रममा प्रमुख अतिथि पोखरेल, वडा अध्यक्ष ढुंगानाले मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन खसक्षेत्री समाजका केन्द्रीय अध्यक्ष खडग वहादुर खडकाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search