झापा। शान्ति आधारभूत विद्यालयमा सरस्वती मन्दिर उद्घाटन
हल्दिबारी गाउँपालिका-५ स्थित शान्ति आधारभूत विद्यालयमा वसन्त पञ्चमीको अवसर पारेर सरस्वती मन्दिर स्थापना गरिएको छ। हल्दिबारी-४ निवासी गंगा प्रसाद उप्रेती र भोजकला पैड्याल (उप्रेती) ले आफ्ना हजुरबुवा टिकाराम उप्रेती र हजुरआमा मनोधरा उप्रेतीको स्मृतिमा विद्यालयमा मन्दिर निर्माण गरी मूर्तिसहित हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडाध्यक्ष खड्ग लावती र विद्यालयका प्रधानाध्यापक प्रकाश चन्द्र राईले मन्तव्य दिएका थिए। मन्दिरका दातृ परिवारको तर्फबाट भोजकला पौडेलले धारणा राख्दै धार्मिक आस्थासँगै शैक्षिक वातावरण सुधारका लागि आफूहरू निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त कार्यक्रममा स्थानीय बासी, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो।
कर्मचारी निधनपछि हल्दीबारी गाउँपालिकामा आज शोक बिदा
March 17, 2026
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना , ६ जनाको मृत्यु
March 14, 2026
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026