झापा। शान्ति आधारभूत विद्यालयमा सरस्वती मन्दिर उद्घाटन
हल्दिबारी गाउँपालिका-५ स्थित शान्ति आधारभूत विद्यालयमा वसन्त पञ्चमीको अवसर पारेर सरस्वती मन्दिर स्थापना गरिएको छ। हल्दिबारी-४ निवासी गंगा प्रसाद उप्रेती र भोजकला पैड्याल (उप्रेती) ले आफ्ना हजुरबुवा टिकाराम उप्रेती र हजुरआमा मनोधरा उप्रेतीको स्मृतिमा विद्यालयमा मन्दिर निर्माण गरी मूर्तिसहित हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडाध्यक्ष खड्ग लावती र विद्यालयका प्रधानाध्यापक प्रकाश चन्द्र राईले मन्तव्य दिएका थिए। मन्दिरका दातृ परिवारको तर्फबाट भोजकला पौडेलले धारणा राख्दै धार्मिक आस्थासँगै शैक्षिक वातावरण सुधारका लागि आफूहरू निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त कार्यक्रममा स्थानीय बासी, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो।
कांग्रेसको विशेष महाधिवेशनमा झापाका ८१ जना प्रतिनिधि सहभागी
January 11, 2026
गोलधापमा समावेशी श्रीमद् भागवत महापुराणको आय व्यय सार्वजनिक
January 10, 2026
रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
January 10, 2026
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
January 10, 2026