भद्रपुर झापा गोल्डकप’ फागुन ७ देखि

मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ ।

Advertisement

फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु १३ लाख र उपविजेतालाई रु सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताउनुभयो । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बङ्गलादेशका क्लब सहभागी हुने उहाँले राससलाई जानकारी दिनुभयो ।

रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङरोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search