रोटरी क्लब अफ बिर्तामोडद्वारा हल्दीबारीमा ६ जनालाई ह्विवल चियर वितरण

झापा।
हल्दीबारी गाउँपालिका भित्र रहेका शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई रोटरी क्लब अफ बिर्तामोड को सहयोग मा वील चियर वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन, १ नं वडा अध्यक्ष देवी बहादुर थापा र २ नं वडा अध्यक्ष शुकलाल राजवंशी , रोटरी कल्ब अफ बिर्तामोडका अध्यक्ष सुरेश अग्रवाल,कार्यक्रम संयोजक पार्वता गिरी,प्रेम ओली,सुरेश वंशल,ओमकृष्ण बिमली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शारिरिक अपाङ्गता भएका अमित महतो, नेत्र ब. राउत, विजय मुर्मु, रोमन नेम्वाङ सहित ६ जनालाई ह्विवल चियर वितरण गरिएको थियो।
कार्यक्रम संचालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search