झापा।हल्दीबारी वडा नं ४ मा रहेको दिपेन्द्र आधारभूत विधालय कि छात्रा समृद्वी मेचेले बुढानिलकण्ठ स्कुल काठमाडौंमा पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएकी छन्।
विधालयले लिएको परिक्षामा उत्कृष्ट अंक ल्याउदै उनी छनौट भएकी थिइन।
लोपोन्मुख मेचे जातिवाट यसरी छात्रवृति पाउने उनी पहिलो विधार्थी हुन। यो विधालयमा मेचे समुदायका धेरै बालबालिका अध्ययन गर्छन भने मेचे जातिकै मातृभाषाको किताब पनि पढाइ हुदैँ आएको छ।
दिपेन्द्र आ वि वाट २०७१ मा अंकित महतो र २०८१ मा शिक्षा बास्कोटाले पनि सोही विधालयमा छात्रवृतिमा नाम निकालेर अध्ययन गरिरहेका छन्।
आज एक कार्यक्रमका बिच वडा अध्यक्ष सन्तकुमार थापा, विधालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष मेचे लगायत शिक्षक शिक्षिकाहरूले समृद्वीलाई मायाको चिनो सहित बिदाई गरेका थिए।
यसैगरी हल्दीबारी गाउँपालिका वडा नं १ को गरमकाली आधारभूत विधालयका छात्र मिकेस मगरले पनि बुढानिलकण्ठ स्कुलमा पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएको विधालयका प्र अ रामप्रसाद पराजुलीले जानकारी दिए। यो विधालयवाट पनि यसअघि श्रेयसी भट्टराई र विन्दिया पौडेलले पूर्ण छात्रवृतिमा नाम निकालेर अध्ययन गरिरहेका छन्।
कक्षा १२ सम्म निशुल्क पढाई हुने हल्दीबारी गाउँपालिकाका सामुदायिक विधालयका विधार्थीहरूको यो सफलताले खुसी मिलेको पालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।