हल्दीबारी वडा नं २ द्वारा सरस्वती आ वि मा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

झापा । हल्दीबारी गाउँपालिका वडा नं २ ले सरस्वती आधारभूत विधालयका विधार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेको छ।
वडाको वार्षिक सिलिङ बजेटबाट यो कार्यक्रम गरिएको हो।
वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरू अम्बिका तोलाङ्गी, रचना कुलुङ,गणेश मगर , शिक्षक अविभावक संघका अध्यक्ष कमलप्रसाद फुयाँल, व्यवस्थापन समिति अध्यक्ष खिनादेवी घिमिरे लगायत शिक्षक शिक्षिका र विधार्थीहरूको उपस्थितिमा कक्षा १ देखि ५ सम्मका विधार्थीहरूलाई कपी,पेन्सिल र खेलकुद सामाग्री वितरण गरिएको थियो।
शैक्षिक सामाग्री वडाका सबै ५ वटै सामुदायिक विधालयलाई वितरण गर्ने लक्ष्य लिएको वडा अध्यक्ष राजवंशीले जानकारी दिए।
विधार्थीहरूलाई पढाईमा हौसला मिलोस् र शैक्षिक गुणस्तर सुधार होस् भनेर प्रत्येक वर्ष कार्यक्रम गर्ने गरिएको वडा सदस्य अम्बिका तोलाङगीले बताइन्।
वडाका करिब ५०० विधार्थीहरू यो कार्यक्रमबाट लाभान्वित हुने वडा सचिव मदन थापाले बताए।
बाँकी विधालयमा क्रमश वितरण गरिने पनि वडा सदस्य रचना कुलुङले बताइन।
नयाँ शैक्षिक सत्रको सुररूवातमै शैक्षिक सामाग्री पाएर विधार्थीहरू हर्षित बनेका थिए।कार्यक्रमको सहजीकरण विधालयका प्र अ गोविन्द बोहोराले गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search