झापा।चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी ३ ले निर्वाचन मार्फत विद्यालय क्याप्टेनहरुको छनौट गरेको छ ।
विद्यालयको वार्षिक कार्य तालिका अनुसार बैशाख ३० गते मंगलवारका दिन भएको निर्वाचनको कार्यतालिका अनुसार १० स्थानमा ३४ जना उम्मेदारहरुले आफ्नो मनोनयन दर्ता गराएका थिए ।
विहान १०:३० बजे देखि सुरु भएको निर्वाचनमा हल्दिबारी गाउँपालिका वडा न.४ का वडा अध्यक्ष श्री सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उदघाटन सत्रमा नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षण नारायण श्रेष्ठ, जिल्ला कराते प्रशिक्षक दिपेश निरौला, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्म ३३७ विद्यार्थीहरु मतदाता रहेका थिए ।यस अघि नै विद्यालय छात्रा क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत छात्रा जेनिसा भण्डारी निर्विरोध निर्वाचित भएकी थिईन भने बाँकी ९ स्थानको लागि ३३ जना उम्मेदवारहरु बिच कडा प्रतिस्पर्धा भएको थियो ।
४ वटै हाउसबाट ३०६ मत झरेकोमा पहेलो हाउसबाट छात्रा हाउस क्याप्टेनमा प्रकृति मैनालीलाई ८ मतको मतान्तरले पराजित गर्दै एल्सा मेचे विजेता बन्न सफल भईन भने छात्र तर्फ गोलाप्रथा द्धारा प्रसुव भुजेललाई पराजित गर्दै कक्षा ९ बाट अरुण बस्नेत बिजयी हुन सफल भए ।रातो हाउसबाट छात्रा हाउस क्याप्टेनमा हेम्ना लिम्बुलाई १० मतको मतान्तरले पराजित गर्दै कक्षा ७ बाट उपासना सुवेदी विजेता बन्न सफल भईन भने छात्र तर्फ बिक्रम महतोलाई ३ मतको मतान्तरले पराजित गर्दै कक्षा ८ बाट ग्रिष्म मैनाली विजयी बन्न सफल भए ।निलो हाउसबाट छात्रा हाउस क्याप्टेनमा आकृति गुरुङलाई ११ मतको मतान्तरले पराजित गर्दै कक्षा ९ बाट कृतिका मण्डल विजेता बन्न सफल भईन भने छात्र तर्फ रोहित राजबंशीलाई २ मतको मतान्तरले पराजित गर्दै कक्षा ८ बाट पंकज पौडेल विजयी बन्न सफल भए ।
हरियो हाउसबाट छात्रा हाउस क्याप्टेनमा खुशी मगरलाई १९ मतको मतान्तरले पराजित गर्दै कक्षा ९ वाट अनुशा निरौला विजेता बन्न सफल भईन भने छात्र तर्फ लक्ष्मण गिरीलाई ९ मतको मतान्तरले पराजित गर्दै कक्षा ७ बाट उज्वल ढुंगेल विजयी बन्न सफल भए ।यसै गरी स्कुल क्याप्टेन छात्र तर्फ दिपेश कार्कीलाई २०५ मतको फराकिलो मतान्तरले पराजित गर्दै कक्षा ९ बाट अनुराग ढकाल विजयी बन्न सफल भए । व्यावहारिक ज्ञानले विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्न सकिन्छ भन्ने उद्धेश्य अनुरुप सिकाई सहजीकरणका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेका शिक्षक किशोर बास्तोलाले जानकारी दिए।
विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षता सम्पन्न भएको उक्त्त कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका वडा न.४ का वडा अध्यक्ष श्री सन्त कुमार थापाले यस विद्यालयले गरेको वार्षिक गतिविधिहरुको आफूले उच्च मूल्यांकन गरेको बताएका थिए। विद्यालयको शैक्षिक गतिविधि तथा अतिरिक्त्त क्रियाकलापमा नवनिर्वाचित क्याप्टेनहरुको महत्वपूर्ण जिम्मेवारी रहने विद्यालयका सहायक प्रिन्सिपल मनोज सुवेदीले जानकारी दिए।
विधार्थीहरुलाई नेतृत्व कसरी गर्ने,छनौट कसरी गर्ने लगायतका अतिआवश्यक विषयमा प्रत्यक्ष अभ्यास गराउन विधालय ले निर्वाचन गराउन थालेको विधालय व्यवस्थापन समितिका अध्यक्ष खिवराज भट्टराईले बताए।
प्रहरी चौकी जलथलका ईन्चार्ज कृष्णप्रसाद दुलालले स्काउटका विद्यार्थीहरुलाई सुरक्षा व्यवस्था सम्वन्धी सहजीकरण गरेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।