झापा।भूमी समस्या सम्बन्धी एक दिवसिय अभिमुखीकरण गोष्ठी हल्दीबारी गाउँपालिकामा सम्पन्न भएको छ। भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला आयोग अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले अध्यक्षता गरेका थिए। कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र, वडाध्यक्षहरु ,कार्यपालिका सदस्यहरू,वडा सदस्यहरु,राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।