झापा। बैशाख ३१ गते बुधवार राति करिव ११:४५ बजे तिर आएको हावाहुरीले हल्दीबारी गाउँपालिकामा मानविय सहित ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
हावाहुरीबाट वडा नं ५ का मनबहादुर मगरको घर भत्किएर विमले किचेर मृत्यु भएको छ भने वडा नं ३,४ र ५ का घरगोठमा क्षति पुगेको छ।
यसैगरी वडा नं ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयको तेस्रो तलाको १२० फिट लम्वाई र २२ फिट चौडाई भएको क्षेत्रफल बरावरको भवनको छानाको भाग पूर्ण रुपले क्षति भएको छ । टिनको छाना, जिप्सनको सिलिङ्ग,वाईरिंग,फेन,शौचालय सहित करिव रु. १५ लाख रुपैँया बढीको पूर्ण रुपले क्षति भएको विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले जानकारी दिए।
विद्यालयको भौतिक संरचना दरिलो हुँदाहुँदै पनि फलामको ट्रसको छानो नै पूर्ण रुपले क्षति भएको विद्यालयको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ,सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लि. शाखा कार्यालय चन्द्रगढ़ी,झापाकी कार्यालय प्रमुख सविना विष्ट , प्रहरी चौकी जलथलका ईन्चार्ज कृष्णप्रसाद दुलालले स्थगत अनुगमन गरेको विद्यालयका सहायक प्रिन्सिपल मनोज सुवेदीले दिए।
हावाहुरीबाट चैतेधान,मकै लगायत कृषिवाली पनि क्षति भएको छ।