झापा।हल्दीबारी गाउँपालिका वडा नं १ ले वडाको सिलिङ बजेट र कृषक हरुको ५० प्रतिशत लागत साझेदारी मार्फत उक्त वडाका कृषकहरुलाई विभिन्न कृषि सामाग्रीहरू वितरण गरेको छ ।
वडाको आव ८१/८२ को सिलिङ बजेटबाट नै कृषि सामग्री हस्तान्तरण कार्यक्रम राखेर वितरण गरिएको हो।आजको कार्यक्रममा १ लाख ८ हजार ८ सय मुल्य बराबरको मकै रोप्ने मेसिन ३४ जनालाई ,स्प्रे टयांकी ४५ जनालाई १ लाख १२ हजार ५ सय बराबरको र मकै छोडाउने मेसिन १४ वटा समुहलाई १ लाख ८९ हजार मुल्य बराबरको वितरण गरिएको वडा अध्यक्ष देवीबहादुर थापाले जानकारी दिए।
वडा अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी,रूपा रसाइली,वडा सदस्यहरू प्रकास कार्की, कुलबहादुर राई लगायतको उपस्थिति रहेको थियो।
वडा नं १ को वडा कार्यलयमा सम्पन्न भएको उक्त कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले वितरण गरिएको कृषि सामाग्रीको सही सदुपयोग गरी कृषिबाली बढाउन पर्ने धारणा राखेका थिए।
यसैगरी वडा अध्यक्ष थापाले वडामा धेरैजसो कृषिमा संलग्न कृषकहरु भएको र कृषि कार्यमा टेवा पुगोस भनेर कार्यक्रम राखिएको बताए।
यसैगरी कृषि औजार वितरण अन्तरगत अर्को चरणमा सिचाई मोटर वितरण गर्ने पनि जानकारी दिएका थिए ।
वडा सदस्य प्रकास कार्कीले कार्यक्रमको औचित्य प्रष्ट पारेको कार्यक्रम वडा सचिव तुलसा खत्रीले संचालन गरेकी थिइन।