लागुऔषध दुर्व्यसन विरूद्ध लक्ष्मी मा वि हल्दीबारीमा सचेतना कार्यक्रम

झापा,हल्दीबारी गाउँपालिका वडा नं ३ मा अवस्थित लक्ष्मी मा वि मा लागुऔषध विरुद्ध एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।नवयात्रा पुनस्थापना केन्द्रका अध्यक्ष भिम क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा
हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन,वडा नं ३का वडा अध्यक्ष विष्णु ओली,३वडाका वडा सदस्यहरु ,शिक्षा शाखा प्रमुख जनककुमारी राई,योजना शाखा प्रमुख राजन न्यौपाने लगायतको आतिथ्यता रहेको थियो।


हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोगमा नव यात्रा पुनर्स्थापना केन्द्र झापाको आयोजनामा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनमा किशोर किशोरी कसरी फस्छन, ओसारपसार र बेचबिखन जस्ता कार्यमा संलग्न भई जिवनमा पर्ने असर, सामाजिक क्षेत्रमा पर्ने असर लगायतका बारेमा श्रव्य दृश्य सहित प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मैनाली,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष ओली शिक्षा अधिकृत राई लगायतले मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search