झापा । आज विश्व जैविक विविधता दिवसको अवसरमा हल्दीबारीमा अन्तक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

फरेष्ट एक्सन नेपाल,सामुदायिक वन उपभोक्ता महासंघ झापा , डिभिजन वन कार्यालय झापा र चौकीविरान सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा भएको कार्यक्रको अध्यक्षता चौकीविरान वन समुहका अध्यक्ष अमर लिम्बुको रहेको थियो भने हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठ, हल्दीबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान व वन महेन्द्र, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा , जिल्ला महासंघ झापाका उपाध्यक्ष चन्द्र तामाङ, प्रदेश महासंघका न्यायिक समिति संयोजक घनश्याम खनाल,सव डिभिजन जलथल प्रमुख कुलप्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो।
जलथल क्षेत्रका २० वटा सामुदायिक वन समुहका प्रतिनिधिहरूको उपस्थिति रहेको
कार्यक्रममा फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा लिलानाथ शर्माले जलथल वनको जैविक विविधता, यसको संरक्षण र चुनौतीहरु बारे जानकारी गराएका थिए।
जलथल वन भौगोलिक, वानस्पतिक विविधता लगायत विषयले तराईका अन्य वन भन्दा पृथक रहेको छ।
कार्यक्रममा जलथल वन क्षेत्रका विषयहरू समेटिएर गरिएको अनलाइन प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएर बिजेता हुने १३ जनालाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दीबारीको प्राकृतिक सम्पत्ति जलथल वनको संरक्षण र प्रचार प्रसार मा गाउँपालिकामा सदैव साथमा रहेको धारणा राखेका थिए। यसैगरी उनले वनबाट काठ काट्ने मात्र नभई अन्य आय आर्जन को स्रोत खोज्नु पर्ने बताए।
यसैगरी डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले जैविक विविधताले धनि यो वनको संरक्षण सबैले गर्न पर्ने बताए।
यस्तै महासंघका उपाध्यक्ष तामाङले सामुदायिक वनहरुको समस्या समाधानमा महासंघ साथमा रहने प्रतिबद्धता जनाएका थिए।
सन्तलाल मेचेले स्वागत गरेको कार्यक्रम देवीका अधिकारीले संचालन गरेकी थिइन।