बाह्रदशीमा सन्थाल समुदायका विधार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

अनिता हस्दा
बाह्रदशी, जेठ११। बाह्रदशी गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत सन्थाल विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

बाह्रदशी गाउँपालिका को आर्थिक सहयोग मा यहि मिति २०८२जेठ १० गतेका दिन नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशी कार्य समिति द्वारा आयोजित कार्यक्रम मा बाह्रदशी गाउँपालिका को सामुदायिक विद्यालयमा छ कक्षादेखि १० कक्षासम्मका अध्ययनरत सन्थाल विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

लखिराम किस्कु को सभाध्यक्ष मा भएको कार्यक्रम मा प्रमुख अतिथि पालिका उपाध्यक्ष  शान्ता खरेल शिवाकोटी  रहेकी थिइन भने विशिष्ट अतिथिका रूपमा बाह्रदशी वडा नं २ का वडा अध्यक्ष भीमप्रसाद कार्की रहेका थिए। त्यस्तै बाह्रदशी वडा नम्बर ३ का वडा अध्यक्ष टंक शाह वडा नम्बर ३ का वडा सदस्य हेमनाथ दाहाल बाह्रदशी कार्यपालिकाका सदस्य मनबहादुर राजवंशी र रानी मुर्मु को उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search