झापा।एकल तथा अपाङ्गता भएका महिलाहरूका लागि ३ दिवसिय बाटने धुप बनाउने तालिम आज समापन भएको छ।

उनीहरूको जिवनस्तर सुधार्न तथा आर्थिक रूपमा सबल बनाउन लक्षित वर्ग तोकेरै आयोजना गरिएको तालिममा सहभागीहरूले धुप बनाउन सक्ने भएका छन्।


हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपाने ,कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, सुष्मा महरा,रूपा रसाइली, लगायतको उपस्थिति रहेको थियो।
तालिममा ५ वटै वडाका गरेर २५ जनाको सहभागीता रहेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले वास्तविक सिप अव देखाउन पर्ने भन्दै बजारीकरण गरी अघि बढ्न सुझाव दिएका थिए।
तालिममा भगवती नेपाल र लक्ष्मी कोइरालाले प्रशिक्षण दिएका थिए। 
निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले एकल तथा अपाङ्गता भएका व्यक्तिहरूले संस्थागत रूपमा उत्पादन गरेर बिक्री गर्न सकिने र कच्चा पदार्थ पनि सजिलै पाइने भन्दै व्यवसायीक वन्न आग्रह गरेका थिए। कार्यक्रम संचालन महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर ले गरेकी थिइन।





