झापा। महिनावारी स्वच्छता दिवसको अवसरमा हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका बिच वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
हल्दीबारीका सामुदायिक र संस्थागत गरि ११ वटा विधालयको सहभागिता रहेको थियो।
मे २८ तारिखका दिन यो दिवस मनाइँदै आइएको छ।
प्रतियोगितामा सनसाइन अंग्रेजी विधालय हल्दीबारी १ कि छात्रा दिया पौडेल प्रथम,सिग्मा अंग्रेजी विधालय हल्दीबारी २ का छात्र प्रनिस आचार्य द्वितीय र लक्ष्मी मा वि हल्दीबारी ३ कि छात्रा आकृति राजवंशी तृतीय भएकी थिइन।
कार्यक्रममा हल्दीबारी गाउँपालिका कार्यवहाक अध्यक्ष देवीबहादुर थापा प्रमुख अतिथि र निमित्त प्रमुख प्रशासकिय प्रशासकीय अधिकृत राजन न्यौपाने विशेष अतिथि रहेका थिए।प्रतियोगिताको निर्णायक मण्डलमा महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर, शिक्षा शाखाका कर्मचारी सुमन चौधरी र हल्दीबारी आधारभूत अस्पताल कि अनमी करूणा थापा मगर रहेका थिए।
बिजेताहरूलाई प्रमुख अतिथि थापाले पुरस्कार वितरण गरेका थिए।
स्वास्थ्यकर्मी रंजिता सेलिङले कार्यक्रमको औचित्य सहित स्वागत गरेकी थिइन भने संचालन जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले गरेका थिए।