हल्दीबारी गाउँपालिकाभित्रका सहकारीलाई,लेखा व्यवस्थापन तालिम

झापा।हल्दीबारी गाउँपालिका नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूका लागि लेखा व्यवस्थापन सम्बन्धी २ दिवसिय तालिम आज सम्पन्न भएको छ ।
दुई दिन सम्म चलेको तालिममा कोश संचालन, कर, चार खाता संचालन,गोश्वारा भौचर, सम्पति शुद्विकरण , लेखा व्यवस्थापन लगायतका बारेमा कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख उपसचिव टोमनाथ उप्रेतीप तोमनाथ  उप्रेतीले प्रशिक्षण प्रदान गरेका थिए।

Advertisement

कार्यक्रममा सहभागीका तर्फबाट सौभाग्यवती कृषि सहकारीकी अध्यक्ष रोसनी शिवाकोटी, सक्रिय ज्येष्ठ नागरिकका सचिव अर्जुन गिरी र जय दुर्गे कृषि सहकारीका सचिव तुलसी ढकालले आफ्ना अनुभव राख्दै तालिम प्रभावकारी भएको तर समय छोटो भएको प्रतिक्रिया दिएका थिए।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जेठ १३ गते उद्वाटन गरेको तालिम समापनमा आज हल्दीबारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवीवहादुर थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष थापाले केही सहकारीका गलत कार्यले सहकारीप्रतिको धेरैको विश्वास घटेकाले सचेत र जिम्मेवार भएर कार्य संचालन गर्न आग्रह गरेका थिए।
यसैगरी निमित्त प्र प अ न्यौपानेले सहकारीको उदेश्य अनुरूप संस्था र सेयर सदस्यहरू इमान्दार बन्न सके सहकारीको गरिमा अझ बढ्ने धारणा राखेका थिए।कार्यक्रम संचालन सहकारी शाखा प्रमुख कविता कर्णले गरेकी थिइन।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search