झापा। हल्दीबारी गाउँपालिकाद्वारा आयोजित मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी ५ दिवसिय सिपमुलक तालिम आज समापन भएको छ ।
५ वटै वडाबाट ५ जनाका दरले प्रतिनिधिमूलक तरिकाले कृषकहरू छनौट गरेर तालिम दिइएको थियो।मौसमी तथा बेमौसमी तरकारी खेती गरेर दैनिक उपभोग्य सब्जी आफै उत्पादन गर्न सक्ने एवं दैनिक गुजारा गर्न बिक्री सम्म गर्न सक्ने गरी प्रशिक्षक राजेन्द्र कणरिया र बिमल तामाङले प्रशिक्षण दिएका थिए।दैनिक उपभोग्य सब्जी उत्पादन गर्न सके बजारको कुनै अभाव नहुने प्रशिक्षक तामाङले बताए। उपयुक्त समय, माटो,मल तथा आवश्यक दवाई भिटामिन को सही तरिकाले प्रयोग गर्न जाने सब्जी उत्पादन राम्रै हुने भन्दै कणरियाले उत्पादन गर्ने तरिका सिकाएका थिए।

हल्दीबारी गाउँपालिका कार्यवाहक अध्यक्ष देवीबहादुर थापा को अध्यक्षतामा भएको समापन कार्यक्रमका वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपाने, कार्यपालिका सदस्य भगिरथा दाहाल, महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर लगायत सहभागी कृषकहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सिकेको सीपलाई व्यवसायसँग जोडेर अघि बढ्न सहभागीहरुलाई आग्रह गरेका थिए। यसैगरी वडा नं २ का वडा अध्यक्ष राजवंशीले मौसमी तथा बेमौसमी तरकारी खेतीलाई व्यवसायीकरण गरि आय आर्जन गर्न पर्ने धारणा राखेका थिए।
कार्यक्रमको बारेमा निमित्त प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले प्रष्ट पारेका थिए भने संचालन रोजगार संयोजक सपना न्यौपानेले गरेकी थिइन्।

