हल्दीबारी गाउँपालिकाको गाउँसभा तयारी, सरोकारवाला निकायहरूसँग अन्तरक्रिया

झापा। हल्दीबारी गाउँपालिकाले आगामी गाउँसभाको पुर्व तयारी गर्दै गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण सरोकारवाला निकायका प्रतिनपधिहरूसँग छलफल तथा अन्तक्रिया सम्पन्न गरेको छ।
पालिकाले यहाँ क्रियासिल राजनितिक पार्टी, सहकारी संस्थाहरू, सामुदायिक वन, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, रेडक्रस सोसाइटी, सामुदायिक , संस्थागत र गुरूकुल विधालयका प्र अ र प्रतिनिधिहरू सँग उनीहरूका गुनासो ,समस्या तथा सल्लाह सुझाव लिएको हो।


गाउँपालिकाको निति तथा कार्यक्रम बनाउन तयारी भइरहदा सबैबाट सल्लाह सुझाव लिन भिन्न भिन्न रूपमा छलफल आयोजना गरिएको पालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए।
सबैबाट आएका सल्लाह र सुझाव अनुसार नै गाउँपालिकाको वार्षिक बजेट, निति तथा कार्यक्रम तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र ले बताए।
हल्दीबारीले प्रत्येक वर्ष सबैसँग छलफल गरेर कार्यक्रम बनाउदै आएको छ।
हल्दिबारी गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन असार ९ गते सुरू हुदैछ।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search