झापा।हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित पाञ्चीमा बुट्टा तथा पेन्टिङ गर्ने सम्बन्धी सिप विकास तालिम भव्यताका साथ सम्पन्न भएको छ।

हल्दीबारी गाउँपालिकामा नेपाल सन्थाल अदिवाशी महिला उत्थान समिती र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा “पाञ्चीमा बुट्टा तथा पेन्टिङ्ग गर्ने सम्बन्धि सीप बिकास तालिम” हल्दीबारी गाउँपालिकाका सन्थाल महिला १५ जना र गौरिगञ्ज गाउँपालिकाका सन्थाल महिला १० जना गरी जम्मा ३५ जनाको सहभागी रहेको थिए ।
यो तालिम हल्दीबारी वडा नं ४ र गौरिगञ्ज वडा नं ३ गरि दुई स्थानमा १५ /१५ दिन सञ्चालन भएको थियो । समापन कार्यक्रम नेपाल अन्थाल अदिवाशी महिला उत्थान समितीका अध्यक्ष मन्दिरा किस्कु को अध्यक्षतामा भएको थियो । त्यसैगरी प्रमुख अतिथि का रूपमा संविधान सभा सदस्य मा. मोहन टुडु विशिष्ट अतिथि हल्दीबारी वडा नं ४ का वडाध्यक्ष सन्त कुमार थापा , नेपाल सन्थाल आदिवासी उत्थान संघ झापा जिल्ला समितिका अध्यक्ष श्री लखन हेमरम , नेपाल सन्थाल बिकास संघका केन्द्रिय अध्यक्ष बडाराम हेमरम रहेका थिए भने नेपाल सन्थाल बिकास संघका केन्द्रिय सचिव देवान टुडु , नेपाल सन्थाल बिकास संघका इकाई समिती हल्दिबारी अध्यक्ष सोम मुर्मु , हल्दीबारी गाउँपालिको कर्मचारी शिबु मुर्मु साथै सहभागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

तालिम प्रशिक्षक का रूपमा अनिता महतो तामाङ्ग रहेकि थिइन भने कार्यक्रम प्रस्तोताका रूपमा शर्मिला सोरेन रहेकी थिइन्।






