दुहबीमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा JCI हल्दिबारीका प्रतिनिधि प्रायुस पौड्याल प्रथम

झापा हल्दीबारी

Advertisement

– दुहबी जेसीजको आयोजनामा शुक्रबार सम्पन्न भएको वक्तृत्वकला (ओराटरी) प्रतियोगिता कार्यक्रम क्षेत्र ‘क’ अन्तर्गत उल्लेखनीय सफलता प्राप्त गर्दै JCI हल्दिबारीका तर्फबाट सहभागी प्रायुस पौड्यालले प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा क्षेत्र ‘क’ भित्रका १३ वटा शाखाका प्रतिनिधिहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। ती सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रयुष पौड्यालले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पार्न सफल भए। प्रतियोगितामा विजेता भएका पौड्याललाई नगद पुरस्कार रु ११ हजार १ सय साथै प्रमाणपत्र  प्रदान गरिएको थियो ।

उक्त सफलताप्रति प्रयुष पौड्याललाई परिवार, शुभचिन्तक, JCI हल्दिबारी टिम र स्थानीयवासीहरूले बधाई ज्ञापन गरेका छन्। यस उपलब्धिले न केवल हल्दिबारीको नाम उज्यालो बनाएको छ, भने भावी पुस्तालाई प्रेरणा समेत दिएको छ।

उक्त समरोहमा हल्दीबारी जेसीज को प्रतिनिधित्व गर्दै हल्दीबारी जेसीजका महा सचिब प्रायुस पौड्याल साथै हल्दीबारी जेसीज कि अध्यक्ष युनिता दवाडी समेत कार्यक्रम स्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search