झापा। दमक अस्पतालमा DR (direct radiography) x- ray जडान गरिएको छ । अब सेवाग्राहीहरुलाई x-ray मा लामो समय सम्म पर्खनु पर्ने झन्झट हटेको छ । यो प्रविधिबाट करिब १ मिनेटमै बिरामीको रिपोर्ट यो प्राप्त हुनेछ।
बिरामीको बढ्दो चापलाई मध्यनजर गरेर सेवा विस्तार गरिएको नगर प्रमुख राम थापाले बताए। यसैगरी
दमक अस्पतालको उत्तर पट्टि रहेको पुरानो भवनलाई अनलाइन ठेक्का मार्फत बिक्री गरेर उक्त स्थानमा सुविधा सम्पन्न अस्पतालको नयाँ

भवन बनाइने योजना रहेको पनि मेयर थापाले बताए।
सेवा विस्तार कै क्रममा दमक अस्पतालमा सुविधासम्पन्न ICU Ventilator सहित यही असार अन्तिम बाट सञ्चालनमा आउने गरि ICU जडान अन्तिम अवस्थामा पुगेको समेत उनले जानकारी गराए।यसैगरी अस्पतालमा OCMC ( one step crisis management center) सेवा सञ्चालनमा ल्याइएको छ । यो सेवाले विभिन्न हिंशामा परेका महिला हरुलाई एकैठाउँ बाट सम्पूर्ण परामर्श साथै उपचार प्रदान गर्ने गरेको छ।अस्पताल व्यवस्थापन अन्तर्गत
अस्पताल पछाडिको सडकमा टाली लगाउने काम अन्तिम अवस्थामा पुगेको छ, यसले अस्पताल परिसर सरसफाई राख्नुको साथै आवागमनमा समेत सहज हुने अपेक्षा गरिएको छ।





