हल्दीबारीमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

झापा।अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको वार्षिक समीक्षा आज हल्दीबारी गाउँपालिकामा सम्पन्न भएको छ।यस आर्थिक वर्षमा भए गरेका कार्यक्रमको प्रगति विवरण ,हाल सम्म भए गरेका क्रियाकलापहरूको समिक्षा गरिएको थियो।


हाल सम्म संचालन भएका विभिन्न कार्यक्रमहरू वाल्यवस्थामा विकसित हुन सक्ने अपाङ्गताको पहिचान तथा व्यवस्थापन ,समुदायमा आधारित पुनस्थापना लागि गरिने क्रियाकलापहरू ,नवजात दम्पतीलाई शुभकामना कार्ड वितरण, अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै आधारित शिक्षा , सिपमुलक तालिम लगायतका बारेमा जानकारी गराइएको थियो।

Advertisement

हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले त्रिपक्षीय लगानीमा सञ्चालित DPRP कार्यक्रमले थोरै समयमा निकै राम्रो काम भएको र उपलब्धिमूलक रहेको कुरा बताउँदै आगामी दिनहरूमा कमीकमजोरीलाई सुधार्दै अपाङ्गता भएका व्यक्तिहरूको विचार र भावनालाई समेटेर कार्यक्रम बनाउने बताए।पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले हरेक कार्यक्रम गर्दा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति गराउँदा उनीहरूले पनि आफ्नो हकहित र राज्यबाट प्राप्त सेवा सुविधाको बारेमा सुसुचित हुने मौका पाउने थिए भन्ने धारणा राखेका थिए।यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष सन्त कुमार थापाले वडाका मिलीजुली समूहलाई केही रकम छुट्याइ सकेको र वडाबाट गरिनुपर्ने सबै खाले काम पूर्व जानकारी तत्त निकायले गरिदिए राम्रो हुने विचार राखेका थिए।उक्त कार्यक्रमको सञ्चालन तथा वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापाले गरेकी थिइन।
कार्यक्रमको सहजीकरण तथा स्वागत योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
कार्यक्रममा वडा नम्बर १ वडाध्यक्ष देवीबहादुर थापा ,वडा नम्बर २ कार्यवाहक वडाध्यक्ष रचना कुलुङ् ,शिक्षा शाखा प्रमुख जानकी राई स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला,प्रशासन शाखा प्रमुख बाबुराम ढकाल ,कार्यपालिका सदस्यहरू सदस्य शान्ता शिवाकोटी ,रूपा रसाइली , भगिरथा दाहाल,करुणा फाउन्डेसन संयोजक अनुष्का केसी लगायत हल्दीबारी ओपिडी अध्यक्ष तथा मिलिजुली समूहका अध्यक्षहरूको पनि सो अवसरमा उपस्थिति रहेको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search