लघुउधम अन्तर्गत विभिन्न तालिम हल्दीबारीमा सम्पन्न

झापा।हल्दीबारी गाउँपालिकाको आयोजनामा संचालित गरिबी न्युनिकरणका लागि लघु उधमी विकास कार्यक्रम अन्तर्गत संचालन भएका विभिन्न तालिमहरू आज एकसाथ समापन भएका छन्।लघु उधमी तालिम अन्तर्गत ६ जनाले सिलाइ कटाई,५ जनाले व्युटीसियन,१५ जनाले कृष्टल माला बनाउने र ७ जनाले वार्पिङ्ग ड्रम तालिम लिएका थिए।
हल्लीबारी गाउँपालिक उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मान व वन महेन्द्र, कार्यपालिका सदस्य भगिरथा दाहाल, योजना शाखा प्रमुख राजन न्यौपाने,सिटिज्नस बैङ्क हल्दीबारीका प्रमुख भोला शंकर शाह,कर्जा प्रमुख मिलन तिवारी, भिन्न भिन्न तालिमका प्रशिक्षकहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै उपाध्यक्ष मैनालीले सिकेको सिपलाई व्यवसायिक बनाउन पर्ने धारणा राखेकी थिइन । यसैगरी प्रमुख प्रशासकीय अधिकृत वनले सिपलाई रोजगारी सँग जोडेर आय आर्जनसँग जोडन आग्रह गरेका थिए।सहभागी दिदीबहिनीहरूले आ-आफ्नो सुखद अनुभव सुनाएका थिए भने प्रशिक्षक मध्येबाट ब्युटिसियन पवित्रा ओलीले आफ्नो धारणा राखेकी थिइन।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search