झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी बुद्धशान्ती गाउँसमिति को ५ औं अधिवेशन मा.दिपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिवेशनबाट नयाँ कार्यसमितीमा अध्यक्ष गणेश खरेल अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन भएको छ ।कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश सभा सदस्य माननिय सबिना बजगाई, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की , युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई लगायत पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले देशमा रहेका भ्रष्टचार र वेतिथि हटाउन राप्रपाको विकल्प नरहेको भन्दै सबैले संगठन निर्माणमा जुटन पर्ने बताए।
कार्यक्रममा लामो समयदेखि पार्टीमा सक्रिय रहेर योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिएको थियो।