हल्दीबारीका ६८ जना अपाङ्गता भएका व्यक्तीहरूलाई सहायक सामाग्री वितरण

झापाको हल्दिबारी गाउँपालिकाले यहाँका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ ।

Advertisement

गाउँपालिकाको कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गरेकी थिइन्।

कार्यक्रममा अध्यक्ष लिङ्देनले गाउँपालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गरे। अपाङ्गता भएकाहरुको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उनले आग्रह गरे। आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पुर्‍याउन कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले अपाङ्गताका भएकाहरुको क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले सहायक सामग्री खरिदका लागि ठूलो रकम खर्च गरिएकाले ती सामग्रीको सदुपयोग गर्न आग्रह गरे भने सामग्री बिग्रिएमा गाउँपालिकाले मर्मत समेत गरिदिने धारणा राखेका थिए।

कार्यक्रममा हल्दिबारी १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रचना कुलुङले कतिपय सहायक सामग्री प्रयोगविहीन भएकाले आफूले प्राप्त गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गरे।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिइन।

गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा ह्वील चियर १३ थान, वैशाखी ७ थान, श्रवण यन्त्र १२ थान त्रिपल स्टिक ६ थान, एल स्टिक १२ तान, नेक १ थान, एयर मेट्रेस २ थान, स्टेनिङ फ्रेम ३ थान, ट्वाइलेट स्टेचर ६ थान, वकिङ फ्रेम २ थान र सीपी ह्वीलचियर २ थान वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू,ओपीडी अध्यक्ष लालबहादुर कन्दङ्वा, करुणा फाण्डेशनकी अनुस्का केसी, निश्चल घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search