झापा बाह्रदशी ।
झापाको बाह्रदशी –५ मुक्ती टोलका किसानहरुको लागि खुसीको दिनहरु सुरु भएको छ । केवल आकाशे पानीको भरमा निर्भर रहँदै आएका बाह्रदशी–५ का किसानका लागि करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न ‘सूर्योदय डिप ट्युबवेल सिँचाइ योजना’को उद्घाटनसँगै अब त्याहाका किसानले वर्षभरि सिँचाइ सुविधा प्राप्त गर्ने भएका छन्।यस योजनाबाट अब करिब ६० बिघा खेतीयोग्य जमिन सिँचाइको पहुँचमा आउनेछ।
कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले एक औपचारिक समारोहबीच आज यो योजनाको उद्घाटन गर्नुएको थियो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले कृषिमा आत्मनिर्भरता, उत्पादनवृद्धि र किसानको जीवनस्तर सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
सूर्योदय जल उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार, यो योजना किसानहरूको लामो समयदेखिको आकांक्षा थियो। “पानीको अभावले बेलैमा रोपाइँ गर्न नसकिने र लगाइएको बाली पनि सुक्ने समस्याले सताउँथ्यो,” तर अब बाट त्यो समस्याको समाधान भएको छ ।