जैविक झोलमल तयारी सम्बन्धी तालिम विशाल सामुदायिक वन मा सम्पन्न

झापा।ग्रिन गभर्नेन्स नेपालको आयोजना तथा GEF/SGP/UNDPको सहयोगमा जलथल सामुदायिक वन क्षेत्रमा एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। तालिममा जलथल क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Advertisement

तालिममा सहभागीहरूलाई तीन प्रकारका जैविक झोलहरूको तयारी र प्रयोग सम्बन्धी जानकारी दिइएको थियो:

झोलमल (जैविक तरल मल)

बाँदर भगाउने झोल

जीवातु झोल (सूक्ष्म जीवाणुयुक्त जैविक झोल)

यस तालिमको सहजीकरण सिन्धुपाल्चोकबाट आएका अनुभवी प्रशिक्षकहरू हरीप्रसाद तिमिल्सिना र शुक्रबहादुर तामाङले गरेका थिए ।सिन्धुपाल्चोकमा सफल प्रयोग भइसकेको यो प्रविधि अब झापाको जलथल क्षेत्रमा पनि विस्तार गरिँदैछ।

तालिममा सहभागीहरूले स्थानीय रूपमा उपलब्ध सामग्रीहरू — गाई/भैंसीको पिसाब, कम्पोष्ट मल, पानी, तोरीको पिनो, खुर्सानीको धुलो, सुर्तीको पात र अन्य स्थानीय वनस्पतिहरू प्रयोग गरी झोलमल तयार गर्ने प्रक्रिया सिके। यी झोलहरू दुई हप्तासम्म राखेपछि खेतबारीमा प्रयोग गर्न सकिन्छ। यसले माटोको उर्वरता बढाउने, बालीको उत्पादन वृद्धि गर्ने र रासायनिक मलको विकल्प दिन सक्नेछ।
बाँदरको आतंकबाट पीडित किसानहरूलाई राहत दिने उद्देश्यले बनाइएको बाँदर भगाउने झोलको तयारी विधि पनि व्यावहारिक रूपमा देखाइएको थियो। जीवातु झोललाई पानीसँग मिसाएर फूल, फलफूल तथा अन्य बालीमा प्रयोग गर्दा बालीको वृद्धि र उत्पादनमा सकारात्मक असर पर्ने सहभागीहरूलाई जानकारी दिइएको थियो।

तालिममा सहभागी किसानहरूले यस्तो स्थानीय स्रोतको उपयोगबाट उत्पादनमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले जैविक विधिबाट कृषिमा आत्मनिर्भरता र दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरे।

“स्थानीय स्रोतको प्रयोग गरी उत्पादनमा वृद्धि गर्नु नै दिगो कृषि विकासको मूल आधार हो। जैबिक झोलमलको प्रयोगले अर्गानिक तरकारि तथा अन्न बालि उत्पादन हुन्छ । यसको उपयोगले वतावरण र मानव स्वास्थ्य बलियो बनाउन प्रशिक्षकहरूले बताए।

नेपालमा जैविक कृषि र वातावरणमैत्री खेती प्रणाली तर्फको रूपान्तरणलाई यस्ता कार्यक्रमहरूले सहयोग पुर्याउने विश्वास लिइएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search