झापा। बाह्रदशी गाउँपालिका वडा नं ६ कन्चनगढ मा भुमीगत जल सिँचाइ आयोजना अन्तर्गत कन्चनधारा डिप ट्युबेल आज झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र लिङदेनले उद्वाटन गरेका छन्।
बाह्रदशी विशेषगरी डाँडो र सुख्खा भूगोल भएका कारण यो क्षेत्रमा सिचाँईको आवश्यकता तण्कारो रूपमा रहेको थियो।
यहिँ समस्या सामाधान गर्न माननिय राजेन्द्र लिङदेन जलस्रोत तथा उर्जामन्त्री भएका बेला बजेट व्यवस्थापन गरि निर्माण सम्पन्न भएको यो आयोजना बाट यहाँको ६० बिगाहा क्षेत्रफलमा सिँचाइ को पहुँच पुग्ने छ।
उद्वघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले यो क्षेत्रको मुख्य समस्या समाधान गर्न पाउँदा खुसी लागेको भन्दै जनसरोकारका कामहरूमा निरन्तरता दिने बताए।


यसैगरी उनले यो क्षेत्रमा बाटो, सिचाँइ ,पुल लगायत विकासका कार्यहरूमा आफूले पहल गरेको र क्रमागत रूपमा भएको विकासमा अरू पुगेर रिवन काटे पनि योजना नै आफूले ल्याएको भन्न लाज लाग्नु पर्ने बताए।


कुल ७२ लाखको लागतमा निर्माण गरिएको यो आयोजनामा ७२ वटा ३ इन्च वाला मोटर खेत खेतमा रहेका छने जसबाट कृषिबाली उत्पादनमा वृद्वि,दिर्घकालिन रूपमा सिचाँइ हुने उपभोक्ता समितिका अध्यक्ष दिलकुमार मादेनले बताए।




