झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा भ्रष्टाचारविरुद्ध सडकदेखि सदन सम्म लाग्ने बताएका छन् । उनले हालसम्म पार्टीमाथि कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको स्पष्ट पार्दै, सुशासन र जनताको पक्षमा राप्रपा सधैं सक्रिय रहने बताए।
शनिबार दमक नगरपालिका–६ स्थित पशुपति मन्दिर सभाहलमा सम्पन्न राप्रपा दमक नगर समितिको छैटौ नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार र जनताको शोषणमा संलग्न भएको भन्दै त्यसको विरूद्व सबै लाग्न पर्ने धारणा राखे। उनले आगामी चुनावमा राप्रपाले उच्च मत प्राप्त गर्ने र आमूल परिवर्तन ल्याउने वातावरण तयार भएको दाबी गर्दै दमकमा नयाँ नेतृत्व र ऊर्जा सृजना भएको घोषणा गरे।
अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ। कार्यक्रममा पार्टीमा योगदान पुर्याएका १०२ अग्रजलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी ११७ जना नयाँ सदस्यले पार्टी प्रवेश गरेका थिए।
कार्यक्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिबद्धय बाशुदेब भट्टराई,कुमार भट्टराई केन्द्रिय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रिय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रिय सदस्य बिक्रम सुब्बा हरी तिवारी,झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा,सचिब कुमार थापा,प्रदेश सदस्य राजु खड्का कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं ५ का अध्यक्ष भीम पौडेल , भद्रपुर नगर अध्यक्ष राजकुमार राई लगायतको उपस्थिति थियो।