झापा।२७ साउन।जलथल क्षेत्रका सामुदायिक वन उपभोक्ता समुहहरूमा शासन र समताको मूल्याङ्कन नतिजाको प्राथमिकिकरण तथा तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

रिकफ्ट नेपालको आयोजनामा भएको कार्यशालामा
जलथल क्षेत्रमा पर्ने सामुदायिक वनका प्रतिनिधिहरू, आमा समुह, आदिवासी जनजाति समुह ,फेकोफन, स्थानिय तह र डिभिजन वन कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।गोष्ठीमा सहभागीहरूमा SAGE assessment संचालन गरिएको थियो भने प्राप्त नतिजाहरूको जानकारी तथा पुनरावलोकन ,पहिचान गरिएका idea for action मा छलफल गरि सरोकारवालाहरूबिच आदानप्रदान गरिएको थियो।
छुट्टा -छुट्टै समुह बनाएर ८ वटा सिद्वान्तमा छलफल गरिएको थियो भने उस्तै प्रकारका विषय र प्राप्त नतिजाहरूलाई समाहित गरेर ६ वटा सिद्वान्तमा सिमित पारिएको थियो ।यसैगरि पहिचान गरिएका र प्राथमिकतामा रहेका idea for action हरूलाई समुहगत रूपमा कृयाकलाप,परिमाण,कार्यक्षेत्र,लक्षित वर्ग,संचालन अवधि र जिम्मेवारी तयार गरेर प्रस्तुत गरिएको थियो।
५ दिन सम्म संचालन भएको कार्यशालामा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, भद्रपुर नगरपालिका कि उपमेयर राधा कार्की, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ ,सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी ,महासंघ कि कोशी प्रदेस कोषाध्यक्ष गितादेवी भण्डारी लगायत सरोकारवाला निकायको प्रतिनिधिमूलक तरिकाले उपस्थिति रहेको थियो।
रिकफ्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कमलराज र कार्यक्रम अधिकृत पवन कार्कीले सहजीकरण गरेका थिए।