बिर्तामोड, भदौ १६
। इन्डिगो पेन्ट्सले आज बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्ट मा पेन्टर सहयात्री भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा क्षितिज ट्रेडर्स सुरुङ्गाका जनक कार्की, बुद्ध ट्रेडर्सका राम गुरुङ, बाहुनडाँगीस्थित एस.आर. ग्लास हाउसका साम्युल राई, इन्डिगो पेन्ट्स नेपालका प्रतिनिधि राजेश शर्मा र प्रशिक्षक रामलाल तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको सञ्चालन तथा अतिथ्यताको जिम्मेवारी इन्डिगो पेन्ट्स झापाका आधिकारिक वितरक दिनेश कार्कीले वहन गरेका थिए। कार्यक्रममा सहभागी पेन्टर सहयात्रीहरुलाई सम्मान गरिनुका साथै, इन्डिगो पेन्ट्सका प्रतिनिधि राजेश शर्माले कम्पनीका उत्पाद, गुणस्तर र सेवासम्बन्धी जानकारी दिँदै सहभागीहरूसँग खुला अन्तर्क्रिया, जनगुनासो तथा चासोसम्बन्धी छलफल गरेका थिए।
त्यस्तै, प्रशिक्षक रामलाल तामाङले पेन्टिङ प्रविधि र प्रयोगसम्बन्धी तालिम प्रदान गर्दै पेन्टरहरूसँग व्यावहारिक अन्तर्क्रिया गरेका थिए। इन्डिगो पेन्ट्स बिर्तामोडका आधिकारिक डिस्ट्रीब्युटर दिनेश कार्कीका अनुसार, यस प्रकारका कार्यक्रमहरू वर्षेनी आयोजना गर्दै आइएको छ। उनले यस कार्यक्रम पेन्टर सहयात्रीका गुनासा, सुझाव र चासो बुझ्न महत्वपूर्ण अवसर भएको बताए।