झुम्का कारागारमा १५ दिनभित्रमा ४ जना कैदीको मृत्यु ,१० जना बिरामी

झापा, भदौ १९ । चार जना कैदीको मृत्यु भएको झुम्का कारागारमा १० जना कैदी बन्दी विरामी परेका छन् ।

Advertisement

उनीहरु आकस्मिक रुपमा बिरामी परेका हुन् । विरामी पर्नेहरुमा जवरजस्ती करणी मुद्दाका कैदी मोरङ बिराटनगर बूढीगंगा १ बस्ने बर्ष ३१ का अरबिन यादब , कर्तब्य ज्यान मुद्दाका कैदी भोजपुर दोभाने ५ बस्ने बर्ष ३५ का अर्थमान राई , ठगी मुद्दाका कैदी सुनसरी इटहरी ५ बस्ने बर्ष ३८ का अनिल गौतम , जवरजस्ती करणी मुद्दाका कैदी सर्लाही ७ बस्ने बर्ष ३० का राकेशकुमार राय , कर्तब्य ज्यान मुद्दाका कैदी सुनसरी इटहरी १९ बस्ने बर्ष ६३ का चक्रबहादुर राई , लागूऔषध मुद्दाका बन्दी धनकुटा नगरपालिका ४ बस्ने बर्ष २६ का रोशन श्रेष्ठ , लागूऔषध मुद्दाका बन्दी सुनसरी धरान ११ बस्ने बर्ष २९ का सकुल अधिकारी , जवरजस्ती करणी मुद्दाका कैदी सुनसरी बराहक्षेत्र १० बस्ने वर्ष ३७ का मनोज माझी , लागूऔषध मुद्दाका बन्दी धनकुटा साँगुरीगढी वडा नं.९ बस्ने वर्ष २३ का सलिन राई तथा जवरजस्ती करणी र मानव वेचविखन मुद्दाका बन्दी भारत बिहार राज्य जिल्ला मधुवनी बस्ने वर्ष १८ का किशोर रहेका छन् । उनीहरुलाई उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । तत्काल सबै बिरामीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उपचाररत कैदी बन्दीहरुको सुरक्षार्थ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव निरीक्षक भिमबहादुर बस्नेतको कमाण्डमा १५ जनाको टोली खटिएको छ । हिजो साँझ झुम्का कारागारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र , जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र जिल्ला अस्पताल सुनसरी इनरुवाको चिकित्सकको टोलीहरु लगायत अन्य स्वास्थ्य शाखाहरुबाट खटिएका चिकित्सकहरुको समूहले कारागारभित्र रहेका कैदी बन्दीहरुलाई स्वास्थ्य चेकजाँच गरेका थिए ।

दुई साताभित्र झुम्का कारागारका चारजना कैदीको मृत्यु भएको हो ।
हिजो साँझ ५ः३० बजे जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका बन्दी सप्तरी राजविराज ८ बस्ने बर्ष ४६ का जलेश्वर यादवको मृत्यु भएको हो । बहोस भएका यादवलाई उपचारको लागि अस्पताल इनरुवा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा साँझ ६ः११ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसअघि धरान उपमहानगरपालिका–१० का २४ वर्षीय सागर राई र सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको थियो ।
उराँव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २५ वर्ष सजाय तोकेकोमा २०७७ सालदेखि कैद सजाय भोगिरहेका थिए । राई लागूऔषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए ।

दुवै जनामा श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको निमित्त जेलर राम निरौलाले बताए । उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएकोमा उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको निमित्त जेलर निरौलाले बताए । त्यस्तै अर्का कैदी राईको मंगलबार बिहान मृत्यु भएको जेलर निरौलाले बताए ।

दुई साताको अन्तरालमा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका ४ जना कैदीहरुको मृत्यु भएको हो । यसअघि भदौ ४ गते धरान १२ बस्दै आएका भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा खराबी भएपछि बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७९४ जना कैदी रहेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search