झापा।पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्ती (ईद मिलाद उन नबी) आज कचनकवलमा विभिन्न कार्यक्रम गरि मनाइएको छ।
पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको शिक्षाले मानव समाजलाई शान्ति, सद्भाव र न्यायका मूल्य–मान्यताप्रति प्रेरित गराउने विश्वास गरिन्छ र पैगम्बर मोहम्मद वसल्लमले देखाएको सहिष्णुता र दयाको मार्गले हाम्रो जीवनलाई सकारात्मक रूपमा अगाडि बढाउने साथै
समाजमा मेलमिलाप र एकताको भावना विकास गर्ने धार्मिक आस्था रहिआएको छ ।
यस अवसरमा शुभकामना आदानप्रदान गर्ने,नमाज,कुरान पढने, दानपुण्य गर्ने, सामाजिक सदभाव कायम गर्ने, र्याली निकाल्ने, मिठो-मिठो परिकार पकाई साथी-भाइहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ।
पैगम्बर मोहम्मदको जन्मजयन्ती अवसरमा कचनकवलमा हजारौंको संख्यामा र्याली निकालिएको थियो भने बनियानीको हुकाहुकि चोकमा कचनकवलका पुर्व गाउँपालिका अध्यक्ष अन्जार आलमले सम्बोधन गर्दै शुभकामना दिएका थिए भने बनियानी मुस्लिम युवा परिवारले बिस्कुट, सर्वत पानी वितरण गरि हर्षोल्लासका साथ पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जन्मजयन्ती मनाएका थिए।
