बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एप मार्फत आधिकारिक पत्र पठाएका हुन् । आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएका हुन् ।
सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाएका हुन् ।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।
राजीनामा घोषणा गरे पनि उनले औपचारिक पत्र भने पठाएका थिएनन् । पाठकले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताए । सबै प्रक्रिया पुरा गरेर आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएको उनले बताए ।
राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् । उनको राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् ।
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित भएका थिए ।
बागमतीका सभामुख भुवन पाठकले दिए पदबाट राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

बागमतीका सभामुख भुवन पाठकले दिए पदबाट राजीनामा
September 17, 2025

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
September 14, 2025

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की
September 12, 2025

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल
September 9, 2025