मृगौला रोग पिडित बिर्तामोडका मदन ठटाललाई बेलायतबाट आर्थिक सहयोग

झापा। लामो समयदेखि मृगौला रोगबाट पिडित बिर्तामोड नगरपालिका वडा नं १० सैनिक बजारमा बसोबास गर्ने मदन ठटाललाई बेलायतबाट सहयोग रकम प्राप्त भएको छ ।

बेलायत बाट गोविन्द सुन्दास र उत्तर बर्देवाको पहलमा संकलन गरिएको ४० हजार रूपैया आज हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन ,बिर्तामोड १० का वडा सदस्य पृथ्वी बस्नेत, समाजसेवी हेमराज खनाल, भवानी शंकर राउत लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
आर्थिक अवस्था कमजोर रहेका ठटाल डाइलोसिस गरिरहेका छन्।
उपचार खर्च अभाव भएका उनलाई थोरै भएपनि सहज होस् भनेर सहयोग गरिएको गोबिन्द सुन्दासले बताए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search