हल्दीबारीमा मनाइयो पाताञ्जल योग समितिको स्थापना दिवश

झापा। पाताञ्जल योग समिति नेपालको आठौं स्थापना दिवस पायोस हल्दिबारी कार्यसमिती को आयोजनामा शान्त एवंम भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ८ वटा क्यान्डल प्रज्ज्वलन गरी उद्घाटन गरिएको थियो,भने वडा सदस्य सुरेन्द्र बाह्रकोटी, पायोस झापा जिल्ला सचिव जय प्रसाद पोखरेल, कृष्ण सागर अंग्रेजी स्कुलका संचालक योगेश कार्की, सामाजिक व्यक्तित्व नितेशश्वर शाह ले शुभकामना मन्तव्य राखेका थिए। पायोस महेन्द्र मा.वि. अध्यक्ष भावना निरौला, नितेश खरेल, अनिल चौहान, गुणनाथ कोइराला लगायत पचासौ को उपस्थिती रहेको कार्यक्रम पायोस हल्दिबारी अध्यक्ष मिलन बि.क. को अध्यक्षतामा भएको थियो, भने सन्चालन सचिव होमनाथ अधिकारी ले गरेका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search