स्थानीयस्तरमा बेसार उत्पादनमा ज्ञान तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

झापा । बिशाल सामुदायिक वन, भद्रपुरमा बेसारखेती तथा उत्पादनसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

कार्यक्रममा दमक–९ स्थित सेतुमारी कृषि सहकारीका दीपक खनाल र सोमराज तामाङ, दमक नगरपालिका वडा नं. ९ का प्रतिनिधि नरेश बञ्जारा साथै बिशाल सामुदायिक वन, मयालु सामुदायिक वन र दियालो सामुदायिक वन र ग्रीन गभर्नेन्स नेपाल (GGN) का प्रतिनिधिहरूको सहभागिता थियो।
सहभागीहरूले बिशाल र दियालो सामुदायिक वनमा भइरहेको बेसार उत्पादन तथा प्रसोधनको स्थलगत अवलोकन गरेका थिए । मायालु, बिशाल र दियालो सामुदायिक वनका प्रतिनिधिहरूले आफ्ना खेती अनुभवहरू प्रस्तुत गरेका थिए। यि समुहहरूमा विगत ४ वर्षदेखि कृषी वन अन्तर्गत बेसार खेती गर्दै बिरूवा हुर्काउने कार्य भइरहेको छ ।
यस क्रममा सामुदायिक वन क्षेत्रका मिचाहा प्रजातिहरू हटाई जलथल वन क्षेत्रमा बेसारखेती सुरु गरिएको जानकारी गराइएको थियो।कार्यक्रममा
बिशाल सामुदायिक वनलाई स्थानीय स्तरमै प्रशोधन गर्न बेसार पाउडर प्रशोधन मेसिन ग्रीन गभर्नेन्स नेपाल (GGN) ले हस्तान्तरण गरेको छ भने सोही संस्थाको सहयोगबाट मायालु सामुदायिक वनले पनि बेसारखेती विस्तार गरेको छ।
यसैबीच, दमक नगरपालिकाको सहयोगमा सेतुमारी कृषि सहकारीले भदौ २०८२ देखि बेसार पाउडर उत्पादन तथा प्याकेजिङ कार्य सुरु गरेको छ। प्रयोगशालाबाट परीक्षण भइसकेको स्वस्थ बेसार पाउडर आकर्षक प्याकेजिङसहित स्थानीय बजारमा उपलब्ध छ।
सेतुमारी कृषि फर्मका दिपक खनालका अनुसार दमक नगरपालिकाले बेसार खेती गर्ने र सहकारी मार्फत बेच्ने कृषकलाई प्रतिकेजी १० रूपैयाँ उत्पादन अनुदान दिने गरेको छ जसले गर्दा कृषकहरूलाई उत्पादनमा आकर्षक बढेको छ।यसैगरी बेसारको बजारीकरणका लागि सेतुमारी सहकारीलाई ५ लाख मुल्य बराबरको मेसिन उपलब्ध गराएको छ जसले गर्दा स्थानिय स्तरमै उत्पादन र प्रशोधन गर्न सहज भएको छ।

यस अभियानले मिचाहा प्रजातिको वनस्पति हटाई जैविक विविधता संरक्षणमा योगदान पुर्‍याएको छ भने कृषिवन प्रणालीलाई प्रोत्साहन दिँदै रोजगारी सिर्जना र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग गरेको छ।
कार्यक्रमले सामुदायिक वन र किसानबीच स्थानीयस्तरको सञ्जाल निर्माण गरी झापामा बेसारखेती र उत्पादनलाई सुदृढ बनाउने आवश्यकतामा जोड दिएको छ।
दियालो सामुदायिक वनले भने (Forest Action Nepal) को सहयोगमा पछिल्ला २–३ वर्षदेखि बेसार उत्पादन गर्दै आएको जनाएको छ।
यो कार्यक्रम ग्रीन गभर्नेन्स नेपाल (GGN) का तर्फबाट सुबास बुढाथोकी को नेतृत्वमा GEF/SGP/UNDP को सहयोगमा सम्पन्न भएको हो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search