बाढीले झापामा करिव ४५० परिवार विस्थापित

झापा, असोज १९ । विभिन्न खोलामा आएको बाढीका कारण झापाका करिव ४५० घरधुरी विस्थापित बनेका छन् ।

Advertisement

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कन्काई माईमा आएको बाढीले झापा गाउँपालिका वडा नं २ सुँगाबथानका ५६ घर विस्थापित बनेका छन् । उनीहरुलाई वडा नं २ को कुवाडीदेवी माविमा राखिएको छ । झापा गाउँपालिकाको अन्य वडामा पनि माईको बाढी पसेको छ । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ४, ५ , ६ का साढे ३ सय परिवार विस्थापित बनेका छन् भने शिवसताक्षी ७ का करिव १५ घर विस्थापित बनेका छन् ।

त्यस्तै भद्रपुर ५ मा मेची नदीको बाढी पस्दा करिव २५ घर विस्थापित भएका छन् भने मेचीनगरको सत्तीघट्टा र ज्यामिरगढी बीचको बस्तीमा पानी पसेर करिव २५ परिवारलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search