झापा ।झापा गाउँपालिकाका
बाढीपीडितलाई झापाली समाज कुवेतले १ लाख ७१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डे, युवा संयोजक सागरजंग क्षेत्री लगायत समितिका सदस्यहरूको उपस्थितिमा ‘एकका लागि एक’ अभियान मार्फत आर्थिक सहयोग गरेको हो ।
झापा जिल्ला विपत व्यवस्थापन समितिले एकद्वार प्रणाली मार्फत प्याकेजमा राहत वितरण गर्दै आएको छ ।
विपत व्यवस्थापन समितिले निर्धारण गरेको प्याकेज अनुसार प्रतिपरिवार चामल १ बोरा, तेल १ लिटर , नुन २ केजी , आलु ५ के जी ,दाल २ के जी,१ कार्टुन पानी,म्याट र कम्बल २/२ थान रहेको छ ।झापाली समाज कुबेतले गरेको सहयोगबाट बाढी पिडित ५५ परिवारलाई राहत प्याकेज उपलब्ध भएको एक का लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले बताए।
झापा गाउँपालिकाका वडा नं. १ र २ मा रहेका विस्थापित र प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा विभिन्न संघ संस्थाको सहयोगमा संकलित राहत सामग्री वितरण गरिएको हो ।