झापा।पशुहरूमा लाग्ने महामारिजन्य खोरेत रोग बिरुद्ध आज कार्तिक २३ गतेबाट खोप कार्यक्रम हल्दीबारी गाउँपालिकामा सुरू भएको छ ।




भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र भद्रपुर झापाको २०८२/०८३ को बार्षिक कार्यक्रम तथा हल्दीबारी गाउँपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको प्राविधिक सहयोगमा पहिलो चरणको खोप २०८२ साल कार्तिक २३ देखि हल्दीबारी गाउँ पालिकाको सबै वडाहरुमा मंसिर २३ गते सम्म निः शुल्क सञ्चालन हुने शाखा प्रमुख सानुमाया श्रेष्ठले बताइन्।
आफुले पालेका निरोगी गाई भैंसीहरु,
साथै ४ महिना भन्दा बढि उमेर भएका दुहुना, ब्याउने,थारो सबै अवस्थाका पशुहरुलाई तोकिएको खोप लगाउन सकिने श्रेष्ठले बताइन।खोरेत रोग (खुरफट्टा ) जनावरहरु जस्तै गाई, भैंसी, भेंडा, बाख्रा, बंगुर आदिमा देखा पर्ने र महामारीको रुपमा फैलने एक संक्रामक सरुवा रोग हो। यो रोग लागेमा दुधालु पशुहरुमा दूध घट्ने, गर्भिणी पशुहरु तुहिने र पाडा-बाच्छाको मृत्यु समेत हुन सक्दछ । यो रोग रोकथाम गर्नका लागि कोशी प्रदेशका सबै जिल्लाहरुमा खोप कार्यक्रम संचालन सुरू भएको छ।
कार्यक्रमको शुभारम्भमा बोल्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले स्थानीय तहहरुको सहकार्यमा संचालित खोप कार्यक्रममा सबै कृषक दाजुभाई दिदिबहिनिहरुले आ-आफ्नो स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क गरि खोरेत रोग विरुद्धको खोप लगाउन अनुरोध गरे।








