हल्दीबारी गाउँपालिकाद्वारा वडा नं ३ मा भुसुडी पुल निर्मार्ण, अध्यक्ष उपाध्यक्षद्वारा उद्वाटन,

झापा ।हल्दीबारी गाउँपालिका वडा नं. ३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा रहेको भुसुडी खोलाको पक्की पुल आज उद्वाटन गरिएको छ ।काठे पुल विस्थापित गर्ने पालिकाको योजना अनुसार यो पुल निर्माण कार्य सम्पन्न भएको हो ।यो महत्वपूर्ण पुलको आज गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन तथा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ले संयुक्त रूपमा उद्घाटन गरेका छन्।उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र), विभिन्न वडा का जनप्रतिनिधिहरु, शाखाका प्रमुखहरू, सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा, गाउँपालिकाका कर्मचारीहरू को पनि उपस्थिति रहेको थियो ।

Advertisement

२६.८ मिटर लम्बाई रहेको यो पुल १ करोड ३० लाख लागतमा सम्पन्न भएको हो।
भुसुडीमा २ वटा र भुतेनीमा एउटा गरी ३ वटा पुल एकमुष्ट ४ करोड ६७ लाख ५४ हजार ८ सय ८७ रूपैयाँमा ठेक्का लागेको थियो जसमा भुतेनीको संचालनमा आइसकेको छ भने भुसुडी ( लक्ष्मी मा वि पूर्व ) निर्माणको अन्तिम चरणमा पुगेको छ।
२०७९ साल मंसिर ७ गते निर्माण कार्य सुरू भएको थियो भने सारा सृष्टी निर्माण सेवा प्रा लि ले निर्माण गरेको हो।

जलथल पर्यटकिय मार्गमा पर्ने यो पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आवागमनमा सहजता पुगेको छ। गाउँपालिकाले यस पुललाई ग्रामीण विकास र यातायात सञ्जाल सुदृढीकरणको दृष्टिले एक महत्वपूर्ण उपलब्धि मानेको छ।सिमित स्रोतका बाबजुत पालिकाको आफ्नै बजेटमा पुल बनाएको र स्थानिय बासी तथा सरोकारवालाहरूको सहयोगले कार्य सम्पन्न भएको पालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।
आयोजनाको लागत बारे प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्रले जानकारी गराएको कार्यक्रम योजना शाखा प्रमुख राजन न्यौपानेले संचालन गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search