हल्दीबारी १, सरस्वती माविमा १०० विद्यार्थीलाई न्यानो कपडा (हाउस ड्रेस) वितरण

झापा हल्दीबारी ।

Advertisement
झापाको हल्दीबारी १ गोलधाप स्थित सरस्वती माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई न्यानो कपडा (हाउस ड्रेस) वितरण गरिएको छ।

 बिक्षार्थीहरूलाई जाडो महिनामा सहज र व्यवस्थित रूपमा कक्षा सञ्चालनमा सहभागी हुन सघाउने उद्देश्यले गरिएको उक्त सहयोगको आर्थिक प्रायोजन बिर्तामोड ३ निवासी तथा हाल अमेरिका बसोबास गर्दै आएका समाजसेवी दाम्पत्य सरिता सुनुवार खरेल र सुवर्ण खरेलद्वारा गरिएको हो। स्थानीय विद्यालय अभिमुख सहयोगमा सधैं सक्रिय रहँदै आएका उनीहरूद्वारा गरिएको यो योगदान विद्यालय समुदायले महत्वपूर्ण कदमका रूपमा लिएको छ।

२०८२–०८–१२ गते शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लिङ्खिम लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन प्रमुख अतिथिको रूपमा उपस्थित थिए। विद्यार्थी हितका कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्दै आएका अध्यक्ष लिङ्देनले विद्यालयमा समुदाय–आधारित सहयोग बढ्दै जानु सकारात्मक भएको बताएका थिए।

कार्यक्रममा विशिष्ट तथा विशेष अतिथिका रूपमा हल्दीबारी गाउँपालिका वडा नं. १ का अध्यक्ष देवी ब. थापा, प्रायोजक समाजसेवी सुवर्ण खरेल, दुर्गा प्र. अधिकारी, वडा सदस्य प्रकाश कार्की, सरस्वती माविका प्र.अ. प्रेमकुमार न्यौपाने, मणिराज दङ्गाल, पोस्ट ब. खड्का, सञ्चर कु. राई, सीता मावो लिम्बू, हिम कु. उप्रेती लगायतको उपस्थिति उल्लेखनीय रह्यो। उनीहरूको सहभागिताले कार्यक्रमलाई अझ औपचारिकता र गंभीरता दिएको थियो।

राष्ट्रगान तथा ज्ञात–अज्ञात सबैप्रति मौन धारणपछि प्रमुख अतिथि लिङ्देनले ब्यानर वाचन गर्दै कार्यक्रमलाई औपचारिक रूपमा प्रारम्भ गरे। स्वागत मन्तव्य प्रस्तुत गर्दै प्र.अ. प्रेमकुमार न्यौपानेले कार्यक्रममा उपस्थित अतिथि तथा विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गरे। उनले वितरण कार्यक्रमको औचित्य, विद्यार्थीहरूलाई यसले पुर्‍याउने प्रत्यक्ष लाभ तथा विद्यालयको निरन्तर विकासमा यस्ता सहयोगको भूमिकाबारे प्रकाश पारे।

कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी तथा विद्यालयका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो। कुल १०० जना विद्यार्थीले न्यानो कपडा प्राप्त गर्नुका साथै अभिभावकहरूले पनि कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गरेका थिए। मन्तव्यका क्रममा प्र.अ. न्यौपानेले प्रायोजक दाम्पतीप्रति विशेष धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथीको हातबाट सम्मान पत्र प्रदान गरेका थिए।

वडा अध्यक्ष देवी ब. थापा, प्रमुख अतिथि रविन्द्र लिङ्देन लगायतका वक्ताहरूले विद्यार्थी–केन्द्रित गतिविधिमा समुदायको निरन्तर सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, प्रायोजकलाई आत्मीय धन्यवाद व्यक्त गरे। उनीहरूले वितरण गरिएको न्यानो कपडाको उचित संरक्षण गर्न विद्यार्थीहरूलाई आग्रह पनि गरे।कार्यक्रमको सम्पूर्ण सहजीकरण विद्यालयका शिक्षक धर्मध्वज बेघाले गरेका थिए। बेघाको संयोजन, व्यवस्थापन तथा समन्वय भूमिकाले कार्यक्रमलाई सुव्यवस्थित र व्यवस्थितरूपमा सफल बनाउन सहयोग गरेको विद्यालयले उल्लेख गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search