हल्दीबारी ५ स्थित नागदेवी मन्दिरको महायज्ञमा प्रबासीद्वारा १ लाख ५ हजार ३ सय ७० रुपैयाँ सहयोग

हल्दीबारी, झापा  – हल्दीबारी ५मा अवस्थित ऐतिहासिक नागदेवी मन्दिर परिसरमा जारी महायज्ञलाई विदेशमा रहेका नेपाली (प्रवासी)हरूले १ लाख ५ हजार ३ सय ७० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

मन्दिर विकास समिति अनुसार धार्मिक, सांस्कृतिक तथा सामाजिक उद्देश्यले आयोजना गरिएको यस महायज्ञलाई प्रवासमा रहनु भएका सामाजिक व्याक्तित्व हाल इराक मा कार्यारत सोही स्थानका आकास वनेम फागो एवम साथी हरुले एकजुट भएर आर्थिक सहयोग गरेका हुन ।

प्रवासीहरुले पठाएको योगदानले महायज्ञको सफलता र मन्दिरको भौतिक संरचना विकासमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको विश्वास छ।

सहयोग रकम प्राप्त भएपछि यज्ञस्थलमा उपस्थित समितिका पदाधिकारीले सबै सहयोगीप्रति आभार प्रकट गर्दै यसैगरी धार्मिक कार्यमा हातेमालो गरेर समाज विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन्।

समितिका अनुसार महायज्ञमा स्थानीय भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको छ भने विभिन्न धार्मिक क्रियाकलाप, प्रवचन तथा सांस्कृतिक कार्यक्रम निरन्तर रुपमा सञ्चालन भइरहेका छन्।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search