झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनको नाम सिफारिस

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस गरिएको छ।

Advertisement

बुधबार हल्दिबारीमा सम्पन्न राप्रपा झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङ्देनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय अध्यक्ष रविचन्द्र ओझाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक तर्फका उम्मेदवारहरूको नाम भने अझै टुंगो लाग्न बाँकी रहेको जनाएको छ।

हल्दिबारी स्थायी घर भएका लिङ्देनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। सो निर्वाचनमा लिङ्देनले ४० हजार ६६२ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३८६ मत ल्याएका थिए। त्यसअघि २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले ४४ हजार ६१४ मतसहित सिटौलालाई पराजित गरेका थिए, जहाँ सिटौलाले ३१ हजार १७१ मत पाएका थिए।
भष्ट्राचार विरोधी नेताको छवि बनाएका लिङदेन जनता माझ लोकप्रिय नेताका रूपमा परिचित छन।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search