भद्रपुरको गोजा गाउँका ११७ जना राप्रपा प्रवेश

झापा। पछिल्लो समय भद्रपुरमा राप्रपा प्रवेश गर्नेको लहर नै चलेको छ । पुष ५ गते साझ भद्रपुर नगरपालिका वडा नं ९ को गोजावस्ती तल्लो गाउँ नै राप्रपा प्रवेश गरेको छ । एउटै टोलका ११७ जनाले आज राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राईको हातबाट पार्टी सदस्यता लिएर प्रवेश गरेका हुन।

एमाले, कांग्रेस परित्याग गरि राप्रपाको भष्ट्राचार विरोधी एजेण्डा मन पराएर धेरैले प्रवेश गरेको बताए।
केही हप्ता अघि पनि भद्रपुर ९ को एउटा सिंगो गाउँ नै राप्रपा प्रवेश गरेको थियो।
राप्रपाले मुलभुत रूपमा शिक्षा, स्वास्थ्य र रोजगार सर्वसुलभ रूपमा जनताको पहुँचमा हुनुपर्ने र भष्ट्राचारको अन्तय गर्नुपर्ने एजेण्डा राखेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search