झापा। हल्दीबारी गाउँपालिका वडा नं ५ ले एक विशेष कार्यक्रम आयोजना गरि खेलाडीहरूलाई सम्मान गरेको छ ।
गत मंसिर १७ ,१८ र १८ गते स्व जगत ब वन + नरमाया वन स्मृति प्रतिष्ठान ले आयोजना गरेको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ५ बिजेता बनेको थियो।
खेलकुदका क्षेत्रबाट वडालाई पुर्याएको योगदानको कदर गर्दै खेलाडीहरूलाई सम्मान गरिएको वडा अध्यक्ष खडग लावती ले बताए।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मान व वन महेन्द्र,वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य बिजय राजवंशी,वडा नं ५ का वडा सदस्यहरू बिजय फागो, जिवन कन्दङवा,शिवमाया मगर , वडा नं १ वडा सदस्य प्रकास कार्की,शान्ति वन समुह का अध्यक्ष उदेश मोक्तान, जलथल फुटबल क्लबका अध्यक्ष जय राई,वडा सचिव भजन संग्रौला लगायत संचारकर्मी र खेलाडीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई जर्सी र २ वटा फुटबल वितरण गरेको थियो।
त्यस्तै खेलाडीहरूलाई कदरपत्रले सम्मान पनि गरिएको थियो।
खेलाडी सम्मान कार्यक्रममा वडा नं का वडा अध्यक्ष सन्तकुमार थापा, प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र वडा अध्यक्ष खडग लावतीले शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम सहजीकरण नरेन्द्र फागो ले गरेका थिए।