हल्दीबारी । झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४, बडाबारी निवासी प्रतिभाशाली नृत्य कलाकार समीर लिम्बू प्रतिष्ठित डान्सिङ कम्पिडिसन इस्ट सुपर स्टारको फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।
सुरुवाती चरणदेखि नै उत्कृष्ट नृत्यकला, मौलिक शैली, निरन्तर अभ्यास र आत्मविश्वासपूर्ण प्रस्तुतिका कारण समीरले दर्शक तथा निर्णायकहरूको मन जित्दै फाइनल चरणसम्मको यात्रा तय गरेका हुन्। विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै फाइनलमा पुग्नु उनको कडा मेहनत र लगनशीलताको परिणाम भएको बताइन्छ।
समीर लिम्बूले आफ्नो नृत्य प्रतिभामार्फत व्यक्तिगत पहिचान मात्र नभई झापा, हल्दीबारी र बडाबारी क्षेत्रको नाम इस्ट सुपर स्टारको मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनको यो सफलताले स्थानीय युवापुस्तालाई कला र संस्कृतिको क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिलेको स्थानीयवासीको भनाइ छ।
प्रतियोगिताको अन्तिम चरणमा समीरलाई विजयी बनाउन दर्शकको भोट निर्णायक भूमिका रहने भएकाले सम्पूर्ण स्थानीयबासी, शुभेच्छुक, साथीभाइ, आफन्त तथा नृत्यप्रेमी दर्शकहरूलाई अधिकभन्दा अधिक भोट गरी समीर लिम्बूलाई समर्थन गर्न हार्दिक अपिल गरिएको छ।
स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गराउने यस अवसरमा सबैको साथ, सहयोग र भोटले समीर लिम्बूलाई फाइनलको उपाधि दिलाउने विश्वास व्यक्त गरिएको छ।